‘जन्मे हुर्के रायडाडा’ को म्युजिक भिडियोमा मोडल अञ्जलीको अभिनयले हंगामा

2659
views

भुमि सुवेदी
बाग्लुङ्ग, १३, भदौ । बालापनदेखि आफुले खेलेका तिनै पाखापखेरा, भन्ज्याङ, चौतारी, उकाली( ओराली, खोलानाला, मठमन्दिर आदिलाई मस्तिष्कमा कैद गरि गरिबीको झोला बोकेर बिदेसिनु पर्ने बाध्यता हामी सबैमा छ । जन्मभुमिको माया के हो ? त्यति बेला मात्र थाहा हुदोरैछ जतिबेला १५ घण्टा पसिनाले शरीर निथ्रुक्क भिज्छ । हो यिनै कुरालाई समेटेर कामको शिलशिलामा दक्षिण कोरीया पुगेका प्रकाश पौडेल र नरेश बोहोराको सँयुक्त प्रयासमा प्रत्येक शब्दलाई पन्चेबाजामार्फत समेटिएको छ ।
बा न पा ११ रायडाडा ८ मा जन्मनु भएका सर्जक एबम मोडेल नरेस बोहोरा सानै उमेर देखि गित गाउने लेख्ने अनि अभिनय गर्न रुचाउने ब्याक्ती हुन बोहोरा छोटो समय नै सबै दर्शक स्रोताको मन मुटुमा बस्न सफल सर्जक एबम मोडल हुन् ।आफू जन्मेको ठाउँलाई समेटिएर बनाईएको पन्चेबाजा गीत ‘जन्मे हुर्के रायडाडा’ आजमात्रै म्युजिक नेपाल कम्पनीबाट सार्वजनिक भएको हो ।
चर्चित गायक बसन्त थापा र जुना श्रीषको आवाजले भरिएको उक्त गितमा नरेस बोहोराको शब्द छ भने गितको थेगो प्रकाश पौडेलको रहेको छ र बसन्त थापाको लयमा रहेको गितको निर्देशन प्रेम थापाले गरेका हुन् । गितको छायांकन करन चैरेसीले गरेका छन् । गितको सम्पादन नवीन घर्ति मगरले गरेका छन् । उक्त्त म्युजिक भिडियाेमा अभिनय स्वयम् सर्जक नरेश बोहरा चर्चित मोडल अञ्जली अधिकारीले गरेका छन् ।
गितको बजार ब्याबस्थापन हमला म्युजिक प्रा.लि.ले गरेको छ ।
यस गीतमा आफू जन्मे हुर्केको ठाउँलाई आफ्नो ज्यान भन्दानी प्यारो बनपाखा साथीभाइ सँगसगै डुलेको काफल चुत्रो ऐसेलु खाएको अनि मुलको चिसो पानी खादा प्यास मेटेको, बाध्यताले जहाँ जुन जस्तो अबस्थामा भए पनि जन्मे हुर्के को ठाउँ रायडाडालाई भुल्न नसकेको बोहोराले गीतमा समाबेश गरेका छन् । मर्नेबेलामा पनि एक घुड्की पानी त्यही गाउँको मुलको होस् फुलमाला पनि लासमा आफ्नै गाउँको होस् यस्तै मार्मिक शब्दले भरिएको पन्चेबाजा जन्मे हुर्के रायडाडामा गीतमा भरिएको छ ।