प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा

583
views

काठमाडौं,१४ भदौ । सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर १० गते पहिलो चरणमा र मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले मंसिर १० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न कठिन हुने भन्दै दुई चरण गर्न सुझाव दिएपछि सरकारले सोही अनुसारको निर्णय गरेको हो ।