करेन्ट लागेर एकजनाको मृत्यु ।।

808
views

बाग्लुङ ,१४ भदौ । बाग्लुङको गलकोटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर २ नरेठाटिमा करेन्ट लागेर जिल्लाको बाग्लुङ नगरपालिका ११ रायडाडाका २५ वर्षीय हरि हरिजनको मृत्यु भएको हो ।निर्माणाधिन बाग्लुङ (गलकोट प्रसारण लाइन मा विद्युत नजोडिएको भए पनि नरेठाटिमा वितरण गरिएको लाइनमा प्रशारण लाइनको तार जोडिएर करेन्ट बहन भएको प्रहरिले जनाएको छ । करेन्ट लाग्नु अघि ३ वटा पोलमा काम गरेको र चौथो पोलमा काम गरिरहेको बेला करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गल्कोटले जनाएको छ