ओभ्याएका छैनन् बेपत्ता परिवारका आँखामा सम्झनाका आँशु

723
views

नुवाकोट १४ भाद्र  । राज्यबाट बेपत्ता बनाइएका सविन थापाकी श्रीमती चोप कुमारी थापा र विद्रोहीबाट बेपत्ता बनाइएका नेपाली सेनाका सरोज तामाङकी श्रीमती जानुका तामाङका आँखामा अहिले पनि आशातित् आँशु ओभाएका छैनन् ।
बेपत्ता परिवार फर्किएला भन्ने त लागेको छैन् तर न्याय फर्किने आशामा उनिहरुका आँखामा टिलपिल टिलपिल आँशु रसाईरहेका छन् । आज ३४ औ अन्तराष्ट्रिय बेपत्ता दिवसको अबसरमा नेपाल रेडक्रस सोसाइटी नुवाकोटद्वारा आयोजित बेपत्ता भएका ब्यक्तिको सम्झनामा गरिएको बेपत्ता परिवारजन धरधरी रोए । उनिहरुले भने ‘राज्यले बेपत्ता परिवारको अपहेलना गरेको छ ।’ सशस्त्र द्वन्द्वका क्रममा राज्य र बिद्रोहीबाट बेपत्ता पारिएका नुवाकोटमा २३ जना वेपत्ता परिवारको समेत उस्तै भनाई थियो । वेपत्ता परिवाले नुवाकोटमा आयोजित बेपत्ताको सम्झनामा आयोजित दिप प्रज्वलन कार्यक्रममा राज्यले सम्मान गर्न आवश्यक रहेको बताए । बेपत्ता परिवारजनका गुनासाप्रति सरकारको उदासिनताले दुःख लागेको उनिहरुको भनाई थियो ।
नुवाकोट रेडक्रसले हरेक बर्ष बेपत्ता दिवस मनाउदै आएको छ । बुधबार बेपत्ता परिवारजनको सहभागितामा नुवाकोटमा दिप प्रज्वलन गरिएको छ । रेडक्रस खोजतलास प्रमुख रामजी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशाशकिय अधिकृत नन्दराज शर्मा प्रहरी नायक उपरीक्षक मधुकर विष्ट, रेडक्रस नुवाकोटका पुर्व सभापति गणेश कुमार नेपाल, रेडक्रस कार्यक्रम प्रमुख सारदा खतिवडा, बेपत्ता परिवारका चोपकुमारी थापा, जानुका तामाङ र शालिकराम रिमालले स.युक्त रुपमा दिप प्रज्जवलन गर्नुभएको थियो । २३ जना बेपत्ताको नाउँमा २३ वा दिप प्रज्वलन गरिएको थियो । नुवाकोटमा २१ जना राज्यबाट र २ जना विद्रोहीबाट बेपत्ता बनाइएका छन् ।