निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझायो प्रतिवेदन

576
views

काठमाडौं  १४ भदौ  निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्रको टुंगो लगाउँदै अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगले प्रतिनिधिसभाको १६५ र प्रदेश सभाको ३३० निर्वाचन क्षेत्र निर्धारण गरेको प्रतिवेदन बुधबार प्रधानमन्त्रीलाई बुझाएको हो।
आयोगले बुझाएको प्रतिवेदन अनुसार अब प्रतिनिधिसभाका लागि प्रदेश नं. १ मा २८, प्रदेश नं. २ मा ३२, प्रदेश नं. ३ मा ३३, प्रदेश नं. ४ मा १८ निर्वाचन क्षेत्र हुनेछन् भने प्रदेश नं. ५ मा २६, प्रदेश नं. ६ मा १२ र प्रदेश नं. ७ मा १६ निर्वाचन क्षेत्र रहनेछन्।
आयोगले संवैधानिक व्यबस्था अनुसार प्रदेश सभाका लागि प्रतिनिधि सभाको निर्वाचन संख्याको दोब्बर हुने प्रावधान अनुरुप ३३० निर्वाचन क्षेत्रको पनि टुंगो लगाएको छ। संविधानमा आयोगले गरेको निर्णयमाथि अदालतमा प्रश्न उठाउन नपाइँने व्यबस्था छ। त्यसैले आयोगले बुझाएको प्रतिवेदन अनुसार नै क्षेत्र निर्धारण हुने छ।
बुधबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेको थियो। सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनरायण दासको नेतृत्वमा आयोग गठन गरेको थियो।