नारायणगढ–मुग्लिन सडक भासियो, सयौं गाडी जाममा परे

600
views

काठमाडौं , १५ भदौ,रातभर भएको वर्षा र पहिरोले करिव ५० मिटर सडक भाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
सडकखण्डअन्तर्गत नौ किलोदेखि चार किलोको बीचमा ठाउँ–ठाउँमा पहिरो खसेको जानकारी दिए ।
अहिले सो स्थानमा वर्षा भइरहेकाले पहिरो हटाउन सकिएको छैन । सडक पनि भाँसिएको र पहिरो पनि धेरै ठाउँमा खसेकाले बाटो खुलाउन केही समय लाग्ने ट्राफिक प्रमुख पन्तले जानकारी दिए ।
रातिदेखि नै बाटो अबरुद्ध भएकाले सयौंको संख्यामा सवारी साधन जाममा परेका छन् ।