रेडियो फ्रेण्डस एफएम दोस्रो बर्षमा

950
views

नवदृष्टि संवाददाता
नुवाकोट १६, भदौ । नुवाकोटको बट्टारबाट प्रशारण हुदै आएको सामुदायिक रेडियो फ्रेण्डस एफएम आजबाट पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको छ । युवा सञ्चार नेपालबाट सञ्चालित सामुदायिक रेडियो फ्रेण्डस एफएम दैनिक १८ घण्टा प्रशारण हुदै आएको छ । नुवाकोट जिल्लामा एक वर्ष अगाडिबाट प्रशारण सुरु गरेको रेडियोले स्थानिय उत्पादनका सामाग्रीहरुलाई विशेष प्राथमिकता दिदै आएको फ्रेण्डस एफएमका स्टेसन म्यानेजर राकेश डङ्गोलले जानकारी दिनुभयो ।
यस्ते उहाले रेडियोको क्षमतामा वृद्धि गरी स्थानियको आवश्यक्तालाई मध्यनजर गर्दे रेडियोले प्रशारण गर्दै आएको सामाग्रीहरु थप प्रभाबकारी ढङ्गले प्रशारण गरिने बताउनसयो । यस्तै रेडियाले पहिलो वार्षिक उत्सबको अवसरमा आमाको मायाँ छात्राबासमा रहेका बालबालिकाहरुलाई विभिन्न स्टेस्नरी सामाग्री बितरण गरेको छ ।
२०७२ साल बैशाख १२ र २९ गतेको भुकम्पबाट अभिभाबक गुमाएका २० जना बालबालिकालाई विभिन्न शैक्षिक सामाग्री बितरण गरिएको छ । साथै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुहुदै्र जिल्ला समन्वयन नुवाकोटका प्रमुख सन्तमान तामाङ्ले अहिलेको समयमा समाजलाई सही दिशामा लागी समाजको शिक्षा स्वास्थ्य, विकास निर्माण तथा पुननिर्माणमा सहयोग पुर्याउन सञ्चार माध्यमको अहम भुमिका रहेको बताउनुभएको छ ।
अहिले सञ्चालन हुदै आएको सञ्चार माध्यमबाट प्रशारण र प्रकाशन हुदै आएको समाग्रीहरु सत्य तथ्य रहनु आवश्यक रहेको उहाले बताउनुभएको छ । यस्तै उहाले सञ्चार माध्यमको सबै भन्दा छिटो नागरिकको सामु विभिन्न सुचना प्रदान गर्न सफल सञ्चार माध्यम रेडियो भएकोले समाजमा भएको कला, सस्कृति तथा नेपाली पन झल्कने खालका सामाग्री प्रशारण गर्नु उहाले आग्रह गर्नुभएको छ ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका निवर्तमान अध्यक्ष प्रकाशकुमार अधिकारी, सचिब जगदिश खनाल, आमाको मायाँ छात्रा बासका अध्यक्ष सोमप्रसाद पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।