घरपछाडीको झाडीमा मृत नवजात शिशु

670
views

नवदृष्टि संवाददाता
पर्वत, १७, भदौ । पर्वतको कुश्मा नगरपालिका १ साविक पाङ सिधालीमा मृत नवजात शिशु फेला परेको छ । सिधाली बस्ने बाबुराम कंडेलको घरको पछाडीको झाडीमा पुरुष जातीको मृत नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
मृत शिशू भेटिएपछि स्थानियले जिल्ला प्रहरी कार्यालय पर्वतमा जानकारी गराएको र घटना स्थलमा प्रहरी निरीक्षक राजिव गिरीको कमाण्डमा विशेषज्ञ टोली पुगेको प्रहरी निरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
उक्त नवजात शिशु कसरी मरेको हो भनने बारेमा अनुसन्धान भैरहेको लामिछानेले बताए । शवलाई पोष्टमार्टमको लागी जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा ल्याइएको थियो । प्रहरीले थप अनुसन्धनाको लागि कुश्मा नगर पालिका–३ का दुर्गा वि.क. र सोही वडाकी अम्विका कंडेललाई नियन्त्रणमा लिईएको जनाएको छ ।