अराजनीतिक क्रियाक्लाप नगर्न एमालेलाई काँग्रेसको चेतावनी

844
views

नवदृष्टि संवाददाता
पर्वत, १७ भदौ । कुश्मानगरपालिकामा अलपमतमा रहेका मेयर रामचन्द्र जोशीलाई बहुमतको एमालेले फलामका चिउरा चपाउने बनाएको छ । एमालेले पहिलो त मिडियाबाजी गरेर जनप्रतिनीधिको ओझ घटाउने काम गरेको काँग्रेसले आरोप लगाएको छ । नेपाली जनताले जिताएको निर्वाचित जनप्रतिनीधिको काममा एमाले बाधक बन्दा नगरपालिकाका कामहरु ठप्प बनेको काँग्रेसले बताएको छ । नगरका काम रोक्ने एमालेका विरुद्ध काँग्रेस सडकमा आउने या निर्णय गर्ने दोधारमा परेको छ ।
काँग्रेसले एमालेका गतिविधीलाई अराजनीतिक गतिविधि भन्दै एमालेका अराजनीतिक गतिविधीले नगरवासीको सपनामा कुठराघात गरेको काँग्रेसले जनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले शनिवार पत्रकार सम्मेलन गरी कुश्मा नगरपालिकाको नगरपरिषद हुन नदिएकोमा ध्यानाकर्षण गराएको छ ।
शनिवार पार्टी सभापति खिमप्रसाद भुसालले लोकतान्त्रिक मान्यता विपरीत नजान एमालेलाइ अनुरोध गर्दै भने ‘अनावश्यक मिडियावाजी गरेर जनताबाट नाङ्गिने काम नगर्न सुझाव छ ।’ नगरपालिकाका मेयर टिके प्रथाबाट आएका होईनन् भुसालले भने जनताले चुनेको प्रतिनीधिलाइ हलो अड्क्याएर गोरु चुट्ने काम नगर्न समयमै सचेत गराउँँदछु ।’
सभापति भुसालले नेकपा एमालेले सुनियोजित षडयन्त्रमा लागेको भन्दै विज्ञप्ती समेत प्रकाशित गरेका छन् । उनीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनेका छन् नेपाली काँग्रेसले पार्टी कार्यालय मार्फत नगर पालिका सञ्चालन गर्न र खोजेको र लोकतन्त्रमा निरंकुश लाद्न’ खोजेको भन्ने एमालेको भनाई प्रति नपाली काँग्रेसको आपत्ति प्रकट गर्दछ । यस्तै विञप्तीमा भनिएको छ एमाले नेतृत्व आँफैमा गैर राजनीतीक रहेको र अलोकतान्त्रिक क्रियाक्लपमा लागेको छ ।’ एमालेले नगरमा हुनै सबै काम रोकेर निरङ्कुशता लाद्न खोजेको ठहर गर्दछ भनि विज्ञप्ती समेत प्रकाशित गरेको छ । एमालेले देशका सात सय ४४ स्थानीय तह र पर्वतका ६ स्थानीय तहमा कार्यान्वयमा आएको मन्त्रालयको कार्यविधि मान्दिन भन्नुले एमाले विकासको बाधक भएको समेत विज्ञप्तीमा जनाइएको छ ।