देशले सुम्पेको जिम्मा पुरा गर्न तरुण दलको भुमिका अनिवार्य –मन्त्री बस्नेत

2022
views

नवदृष्टि संवाददाता
पर्वत, १७ भदौ । भक्तपुरमा भएको कार्यक्रम नेपाल तरुण दल जिल्ला कार्य समिति सिन्धुपाल्चोकले आज शनिवार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सन्दर्भमा बृहत छलफल तथा तरुण भेलाको आयोजना गरेको छ । सो कार्यक्रममा नेपाली काँगेसका युवा नेता एवं सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले तरुण दल एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गनुृभयो ।
मन्त्री बस्नेतले देश बचाउने जिम्मा नेपाली काँग्रेसमा आएकोले युवाहरु देशले सुम्पेको जिम्मा पुरा गर्न उठ्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा हासिल गर्न नसक्नुमा तरुणदलको पनि भुमिका रहेको उल्लेख गर्दै ईतिहासमा गलित गर्न छुट नभएको बताउनुभयो ।
मन्त्री बस्नेतले काङ्ग्रेसको सिन्धुपाल्चोकमा आफ्नो बर्चस्व भएकोले तरुणहरुलाइ एकजुट बनाइ जनतासँगै रमाउँदै निर्वाचनमा होमिन र तरुणहरुको इच्छा, सम्मानका साथ लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका प्रतिनिधि जयचन्द्र कुमार लामा, सानोठिमी क्याम्पसका सतिश श्रेष्ठ, नेविसंघका सचिव निरज भण्डारी, वसन्त गुरुङ, क्षेत्र न २ का उपसभापति नबराज भट्टराई, सुनकोसी गाउँपालिका प्रमुख श्रवण कुमार जिसीले तरुणहरुको लापरबाहीले जिल्लामा काङ्ग्रेस हार्नु भनेको मोहन बहादुर बस्नेतको हार भएको बताउँदै जनताका हरदुःखमा तरुण लाग्ने प्रतिबद्धता जाहेर गरेका थिए । उक्त कार्यक्रम तरुण दलका जिल्ला उपाध्यक्ष सकुन श्रेष्ठको सभापतित्वमा भएको थियो ।