नवदृष्टि पाउनेहरुले भने हे भगवान ! ‘तिम्रो उपचार हाम्रो जीवन’

768
views

विकासराज पौडेल
पर्वत, १८, भदौ । बषौंदेखी आँखाको ज्योति गुमाएर बसेका तर शिविरको पर्खाईमा रहेका वृद्धवृद्धाले भने ‘हे भगवान तिम्रो उपचारले गर्दा हामीले नवदृष्टि पाएका छौं ।’ पर्वतको लिमिठानामा सम्पन्न एकदिने आँखा शिविरमा उपचार गराएका वृद्धवृद्धाले यस्तो बताएका हुन् । शिविरमा ३५० भन्दा बढीले आँखा जाँच गराएका थिए । जसमध्ये ४ जना मोतियाविन्दुका भेटिए उनिहरुलाई बाँगलुङ्ग रिफर गरिएको थियो । नेपाल नेत्र ज्याति संघ बाग्लुङ्गको प्राविधिक सहयोग र सिदार्थ आँखा क्लिनिक बाग्लुङको आयोजनामा शिविरको आयोजना भएकाले उनिहरुलाई बाग्लुङ रिफर गरिएको आयोजकले जनाएको छ ।

शिविरमा आँखा जाँचसँगै चश्मा वितरण गरिएको सिदार्थ चश्मा बाग्लुङका सञ्चालक मधुसुधन पाण्डेले जानकारी दिनुभयो । शिविरमा नेत्र ज्योतिसंघ बाग्लुङ्गका डा. दिवाकर पौडेल, विक्रम श्रेष्ठ लगायतका डाक्टरहरुले बिरामीहरुको उपचार गरेका थिए ।
शिविरमा विकटका कुर्घा, लिमिठाना, फलेवास, ठानामौलाका आँखाको रोगीहरुले आँखा जाँच गराएका थिए ।
शिविरमा नेकपा एमालेका प्रदेश नं ४ का लेखा कमिटी सदस्य देवेन्द्रराज पाण्डेले घरको कुनै एक अभिभावकहरु स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताए पाण्डेले लिमिठानामा सञ्चालित शिविरले सामाजिक दायित्व बहन गरेको समाजमा सकरात्मक प्रभाव परेको बताए ।