भाद्र २१ गते माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने

920
views

नवदृष्टि संवाददाता
पर्वत, १८, भदौ । अन्तराष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवस र नेपाल रेडक्रस दिवसको अवसरमा अन्तर मावि स्तरी हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।
जुनियर रेडक्रस सर्कल कालीगण्डकी एकेडेमी र छुनुमुनु बाल क्लब कालीगण्डकी एकेडेमीले संयुक्त रुपमा आउँदो भाद्र २१ गते बुधबार कालीगण्डकी एकेडेमीको प्राङ्गणमा अन्तर मा.बि. जिल्लास्तरीय हाजिरीजबाफ प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
प्रतियोगितामा जिल्लाका सार्वजनिक र निजि विद्यालयहरुको सहभागिता रहने विद्यालयका शिक्षक नायक विक्रम थापाले जानकारी दिनुभयो ।
थापाले विगतका हाजिरीजबाफ प्रतियोगिताहरुभन्दा फरक शैलीमा सञ्चालन हुने भएकोले उक्त प्रतियोगिताले विद्यार्थी, विद्यालय र सम्पूर्ण जनमानसको मनजित्ने बिश्वास गरिएको बताउनुभयो ।
प्रतियोगिताका कार्यक्रम संयोजक तथा बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक, जुनियर रेडक्रस सर्कल कालीगण्डकी एकेडेमीका शिक्षक नायक बिक्रम थापाले प्रतियोगिताले विद्यार्थीको क्षमता र प्रतिभा प्रष्फुटन हुने बताउनुभयाे । उहाँले प्रतियोगिताका बिजेतालाई नगद सहित मेडल र प्रमाणपत्रले सम्मानित गर्ने समेत जानकारी दिनुभयाे ।