नवदृष्टि न्युज डेष्क
पर्वत १८ भदौ । पर्वत जिल्ला अदालत बार इकाईको दुईदिनसम्म सञ्चालित ३० औँ साधारण सभा तथा १६ औं जिल्ला अधिबेशनले भोलानाथ शर्मालाई तेस्रोपटक अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित शर्माले सामाजिक न्यायको पक्षमा जोड दिएको बताउनुभयो । २०५७ सालमा निर्वाचित शर्माले तात्कालिन समयमा बार ईकाईले समाजमा गर्नुपर्ने त्याग र भुमिकाको बारेमा स्पष्ट पार्दै बार इकाईलाई सामाजिक संस्थाको रुपमा स्थापित गर्न सफल हुनुभएको थियो ।
शर्माको उक्त कार्यलाई मध्यनजर गर्दै जिल्लामा क्रियाशिल कानुन व्यावसायिहरुले २०६७ सालमा पुनः दोस्रोपटक अध्यक्ष बन्नकाे लागि दबाब दिएका थिए । शर्मा दोस्रो पटक अध्यक्षमा निर्वाचित भएपछि बार इकाईको भवन निर्माणमा लाग्नुभएको थियो । उहाँले तात्कालिन समयमा जिल्लामा क्रियाशिल कानुन व्यवसायिहरुलाई सक्रिय बनाउँदै भवन निर्माणको कार्य सम्पन्न गर्नुभएको थियो । दोस्रोपटक अध्यक्षमा निर्वाचित शर्माले तात्कालिन समयमा सर्वसाधारणलाई पर्ने कानुनी अवरोधबाट मुक्त गराउँदै कानुनी मान्यता स्थापीत गर्दै र जनसेवी न्यायको पहुँच विस्तारमा लाग्नुभएको थियो । उहाँको दोस्रो कार्यकालमा जिल्लामा क्रियाशिल कानुन व्यावसायिहरुलाई ‘फुटेर होईन जुटेर गर्नुपर्दछ’ भन्ने सिद्धान्तमा एक बनाउन सफल हुनुभएको थियो । सामाजिक कार्यमा समर्पित शर्माको उच्च मुल्याँकन गर्दै २०७४-१६ र १७ गतेको अधिवेशनले तेस्रोपटक अध्यक्षमा निर्वाचित गरेको छ । अधिबेशनमा सहभागी ४४ जना कानुनी व्यवसायिहरुले र्निविरोध रुपमा निर्वाचित गरेका हुन् ।
शर्माले यस कार्यकालमा भवन निर्माणका केही बाँकी कामहरुलाई पुरा गर्ने, सर्वसाधारणलाई कानुनको प्रत्याभूति दिलाउने र हक अधिकार स्थापित गर्न सर्मपित रहने, प्रदेश र केन्द्रिय चुनावलाई स्वच्छ, निश्पक्ष र निर्भयका साथ कानुन संवत ढंगले अगाडी बढाउन जनप्रतिनीधिलाई सुझाव र सल्लाह दिदैं अगाडी बढ्ने जस्ता प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
दुई दिने अधिबेशनले अन्य पदाधीकारीहरुको समेत चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा राजेन्द्र भूसाल, सचिवमा पुण्यप्रसाद सुवेदी र कोषाध्यक्षमा तेजराज चापागाईलाई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा यज्ञबहादुर थापा, भिमराज सापकोटा, तुलसीप्रसाद सुवेदी, देवीप्रसाद शर्मा, जगदिश शर्मा पौडेल, दिलिप शर्मा पौडेल र लिलाधर सुवेदी रहनुभएको छ ।
सोही अधिवेशनले हरिनारायण रेग्मी, चन्द्रबहादुर क्षेत्री, डम्मरु शर्मा, उदय सुवेदी र विश्वराज पाण्डेयलाई केन्द्रिय पार्षदका रुपमा चयन गरेको छ ।