रचना बाचन डबली बेनीमा सम्पन्न, कविता प्रतियोगिताका विजेता पुरस्कृत ।

2384
views

निर्मल पौडेल एन.पि. घायल पर्वत, भदाै १८ धौलागिरी कला तथा साहित्य मञ्च बागलुङको मासिक कार्यक्रम रचना बाचन डबली शनिवार बेनीमा सम्पन्न भएको छ । धौलागिरी कला तथा साहित्य मञ्चले हरेक महिना गर्ने डवली यस्पाली वेनिमा सम्पन गरेको हो . म्याग्दी, बागलुङ र पर्वतका २ दर्जन सर्जकहरुको उपस्थिति रहेको कार्यक्रमका बोल्दै प्रमुख अतिथि पण्डित प्रेम प्रकाश पौडेलले मञ्चले मासिक रुपमा सञ्चालन गरेको रचना बाचन डबलीले सर्जकहरुको खेलाईलाई तिक्ष्ण बनाउन मद्दत गरेको बताए । कार्यक्रममा रामप्रसाद सुवेदी, डण्डपाणी सापकोटा, चन्द्रबहादुर लामिछाने, घायलश्री, सिर्जना कार्की, कल्पना आचार्य, सुसन परियार, अभिष्ट केसी, बादल शाही, दर्पण रोका, रामजी बरुवाल लगायतले रचना बाचन गरेका थिए । रचना बाचन डबली कार्यक्रमको अवसरमा मञ्चले केहि समय अगाडी आयोजना गरेको देशव्यापी कविता प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्वत्वना हुने विवस बाबु, देशबन्धु आचार्य, शङ्कर ढकाल र अमन एकल रामकृष्ण पाण्डेलाई क्रमश नगद रु २ हजार, १ हजार पाँच सय, १ हजार, पाँच सय प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । धौलागिरी कला तथा साहित्य मञ्चका उपाध्यक्ष शङ्कर चोखालको अध्यक्ष, सचिव प्रेम मगरको स्वागत रहेको कार्यक्रमको सञ्चालन सन्दीप खत्रीले गरेका थिए भने कार्यक्रमको सँयोजन अभिष्ट केसी शुभाविन्द ले गरेका थिए .