बेल्जियम विश्वकपमा स्थान बनाउन सफल

1975
views

काठमाडौं १९ भदौ, । बेल्जियम रुस विश्वकपमा छनोट हुने पहिलो युरोपियन देश बनेको छ ।
बेल्जियमले जान भेर्टोगहेन र रोमेलु लुकाकुको गोलमा ग्रिसलाई २–१ ले हराएको हो । तीनवटै गोल दोस्रो हाफको ५ मिनेटको बीचमा भएको थियो ।
खेलको ७० औं मिनेटमा जान भेर्टोगहेनले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । त्यसको तीन मिनेटपछि ग्रिसले बराबरी गोल फर्कायो ।
तर, एक मिनेट बित्न नपाउँदै लुकाकुले गोल गर्दै बेल्जियमलाई जित दिलाएका छन् ।
छनोट चरणको दुई खेल खेल्न बाँकी छँदा ८ अंकको अग्रता लिएको छ । बेल्जियम ८ खेलबाट २२ अंकका साथ समूह एचको शीर्ष स्थानमा छ ।