विभिन्न कार्यक्रम गरेर रेडक्रस दिवश मनाइयो, मानव सेवाका सात सिद्धान्त कार्यान्वनमा ल्याउन प्रतियोगिता

1524
views

 महेन्द्र जिसी पर्वत १९,भाद्र ।नेपाल रेडक्रस सोसाईटीले पर्वत शाखाले रेडक्रस दिवष मनाएको छ । दिवषका अवसरमा जिल्ला शाखा पर्वतले जिल्ला अस्पतालमा उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरेको हो । दिवषको पुवार्धमा अस्पतालका विरामीलाई फलफुल वितरण गदैै प्रमुख जिल्ला अधिकारीले जिल्ला अस्पताल परिषरको निरिक्षण समेत गर्नुभएको छ । अस्पताललाई सरसफाई युक्त शान्त वातावरण सृजना गराएर विरामीहरुको औषधोपचार गराउनु पर्ने पन्थीले बतानु भयो । दिवष कै अवसरमा कुश्मा नगर पालिका १ स्थित पाङको हिमालय माविमा श्रोत केन्द्र स्थरीय बक्तीत्वकलाको आयोजना गरीएको हो । कार्यक्रमको उद्धघाटन गर्दै जिल्ला सभापति रुद्र बहादुर रिमालले विद्यालय स्तर बाटै मानव सेवामा लाग्न विद्यार्थीहरु सकृय भएर कार्यक्रमको आयोजना गर्नु सकारात्क पाटो रहेको बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रधान अध्यापक माधव रेग्मीले रेडक्रसका सात सिद्धान्तमा रहेर मानव सेवाको भावना जागृत गराउन जुनीयर रेडक्रस सर्कल र अन्य विद्यार्थीहरु विच बक्तृत्वकला आयोजना गरीएको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका विभिन्न कक्षाका गरी नौ टोलीको सहभागिता रहेको हो । यसै विच कालिका मावि खुर्कोटले पनि विद्युतीय प्रविधि मार्फत बतृत्व प्रत्योगिता आयोजना गरेको हो । यसमा ६ टोली विद्यार्थीको सहभागिता रहेको कार्यक्रमका सञ्चालक शिक्षक सन्जय रेग्मीले जानकरी दिनुभयो । रेडक्रस दिवषको अवसरमा जिल्ला स्थित निजी शैक्षीक संस्थाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर दिवष मनाएका हुन ।