फनपाका कृषकलाई तरकारीमा कर, निर्माण व्यावसायिलाई मकैजोनको ट्याक्टर !

2604
views

महेन्द्र जिसी
पर्वत, २०, भदौ । मकैजोन ईकाइ कार्यालय मुडिकुवाले कृषकलाई दिनुपर्ने ट्याक्टर निर्माण व्यावसायिलाई उपलब्ध गराएको छ । फलेवास नगरपालिकामा पछिल्ला समयमा यस्ता गतिविधिले प्रसय पाएका छन् । कृषकलाई कर, नगरपालिकाको उपहारले विरोध आइरहेका बेला फलेवास नगरपालिकाका ६ वडालाई समेटेर सञ्चालनमा आएको मकै जोन परियोजनाको ट्याक्टर निर्माण व्यावसायिलाई उपलब्ध गराइएको हो । परियोजनाले फलेवास नगरपालिका–३ का निर्माण व्यावसायि नारायण प्रसाद भुसाललाई ठूलो ट्याक्टर उपलब्ध गराएको हो ।
पहाडी भुगोल सडकको पहुँच नपुगेका वस्ती र साँघुुरा खेतीवारीमा कृषि उपज ढुवानी र खनजोत गर्न ठुलो ट्याक्टर उपलब्ध गराएपछि मकै जोन क्षेत्रका सच्चा कृषकहरु परियोजनाबाट बञ्चितिमा परेको बताउँदै उनिहरुले भनेका छन् कृषकलाई तरकारीमा कर, निर्माण व्यावसायिलाई अनुदानको ट्याक्टर !
पहाडी भू–भागका वारीमा चलाउन नमिल्ने टयाक्टर कृषकलाई भन्दै अनुदानमा निर्माण व्यवसायीलाई उपलब्ध गराउँदा मकैजोन क्षेत्रका कृषकहरु निराश बनेका छन ।
सडक पहुँच नपुगेका क्षेत्रका कृषकहरुलाई खनजोत गर्न र ढुवानी गर्ने भन्दै मकै जोन ईकाई कार्यालय मुडिकुवाले ठुला साईजका दुईवटा टयाक्टर अनुदान दिएपछि कृषकहरु मर्कामा परेका हुन् । गतवर्ष सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्र्तगत जोन क्षेत्रको २२ लाख बजेटले टयाक्टर खरीद गरिए थियो ।
मकै जोन ईकाई कार्यालयले राजनीतीक पहुँचका आधारमा अनुदानको व्यवस्था मिलाएको मकै जोन क्षेत्रका कृषकहरुले आरोप लगाएका छन् । फनपा–३ शंकरपोखरीका कृषक रमेश क्षेत्रीले मकै जोन कार्यालय मुडिकुवाले राजनीतीक पहुँचका आधारमा अनुदान बाँड्दा वास्तवीक कृषक भन्दा कमीसन बढी दिलाउने ठेकेदारहरु अनुदानको दायरामा परेको बताए ।
अर्का कृषक नरबहादुर थापाले भुगोल नमिलेको ठाँउमा कृषिको बजेटले निर्माण व्यावसायिलाई ट्याक्टर मिलेमतोका आधारमा दिइएको बताए ।
साविकको मुडिकुवा, खानीगाउँ लिमिठाना, ठानामौला थापाठाना, शंकरपोखरी गाविसलाई समेटेर मकै जोन परियोजना सञ्चालन गरीएको थियो । ५० प्रतिशत अनुदानमा टयाक्टर खरीद गरेर निर्माण व्यवसायीलाई वितरण गरेपछि जोन क्षेत्रका कृषकहरु मर्कामा परेका छन् । अनुदानमा प्राप्त टयाक्टर सदरमुकामबाट रक्सीजन्य पदार्थ, खाद्यान्न तथा निर्माण समाग्रीहरुको ढुवानीमा लागिरहेको छ ।
अनुदानमा टयाक्टर प्राप्त गरेका निर्माण व्यवसायी नारायण प्रसाद भुसालले उक्त ट्याक्टरमा ५० प्रतिशत आँफुहरुको लगानी परेकोले लगानी उठाउन व्यपारीक सामान ढुवानी गरीरहेको बताए ।
जोन प्रमुख ओम बहादुर अधिकारीले सम्झौता विपरीत काम भईरहेको प्रति कार्यालयको ध्यानाकर्षण भएको र कृषकका गुनासा आईरहेकोले आगामी बजेटमा सुधार गर्ने बताउनु भयो । अधिकारीले यसपटकको अनुदान वितरणमा गल्ति भएको भन्दै आगामी कार्यक्रममा यस्तो गल्ति नदोहो¥याउने बताए ।