पर्वतमा विप्लव माओवादीद्धारा पार्टी कार्यालय कब्जा

864
views

नवदृष्टि संवाददाता
पर्वत, २०, भदौ । नेत्र विक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा पर्वतले मंगलवबार साँझ पार्टी कार्यालय कब्जा गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले ‘यो कार्यालय बिक्रि गर्न पाईने छैन्’ भन्दै पार्टी कार्यालयमा भित्तेलेखन गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीका धौलागिरी व्युरो ईन्चार्ज ध्रुव घिमिरे ‘विप्लव’ को नेतृत्वमा गएको नेकपाको समुहले भित्तेलेखन गरेको हो ।
पर्वत कुश्माको लभ्लीडाँडामा रहेको सो पार्टी कार्यालयमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले प्रयोग गर्दै आएपनि उक्त पार्टी कार्यालय संस्थागत नभई व्यक्तिको नाममा भएको भन्दै नेकपाले भित्तेलेखन गरेको हो । उक्त पार्टी कार्यालयलाई जनताको नाममा ल्याउन समेत विप्लव माओवादीले आग्रह गरेको छ ।