रामपालदासको शरणमा जाऊँ–थापा

581
views

पर्वत, २१, भदौ । हिन्दु संस्कृति तथा वेद र गीता विश्व समुदायलाई नेतृत्व गर्ने संस्था भएको भन्दै अधिवक्ता यज्ञ बहादुर थापाले आम मानवजातीलाई सतगुरु रामपालदासको शरणमा जान आग्रह गरेका छन् ।
थापाले एक विज्ञप्ती प्रकाशित गरी वर्ग संघर्ष र वर्गसमन्वयवादी दुई विश्वदृष्टिकोण गलत सावित हुँदै गएको अवस्थामा आध्यात्मिकताको मार्गबाट मानव कल्याण हुने भन्दै तत्वदर्शी सन्त सतगुरु रामपालदासको शरणमा जान आग्रह गरेका हुन् ।
गथापाले ज्ञानगंगा, जिनेकी राह लगायतको सम्पूर्ण पुस्तक मानवका धर्मका लागि अनुकरणीय रहेकोले पेशा व्यावसायमा आवद्ध हुन समेत आग्रह गरेका छन् ।