नुवाकोटले विकासको प्रचुर सम्भावना बोकेको छ – वाणिज्यमन्त्रि

703
views

नवदृिष्ट संवाददाता
नुवाकोट, २१, भदौ । वाणिज्यमन्त्री मिन बहादुर विश्वकर्माले विकासको प्रयाप्त सम्भावना रहेको नुवाकोटमा सबै क्षेत्र सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ ।
मन्त्री विश्कर्माले नुवाकोट शिक्षित र सुगम क्षेत्र भएकोले विकसित नुवाकोट बनाउने कार्यमा सहजता हुने बताउनुभयो ।
उहाँले बाहिरी देश चिनसँग जोडिएको एकमात्र रसुवागढी नाकाको रुपमा रहेको त्रिदेशीय मार्ग नुवाकोटमा उत्पादीत बस्तुहरुलाई सहज रुपमा निर्यात गर्न सकिने भएकोले ब्यबसायीहरुलाई केरुङ नाकाको सदुपयोग गरी व्यापार गर्न ध्यानाकर्षण गराउनुभयो । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भएको अन्तरक्रिया कार्यक्रममा सरकारी कार्यालयका प्रतिनिधिहरुले नुवाकोटमा बसेर काम गर्नको लागि कुनै असहजता नभएको बताएका छन् ।