वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

2253
views

भाद्र, २१ । भारतको दक्षिण–पश्चिमी कर्नाटक राज्यस्थित बंङ्लोरमा स्थानिय लंकेश पत्रिकाकी वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ । ५५ वर्षिय गौरी दक्षिणपन्थी आलोचकको रुपमा प्राय चर्चामा रहने गरेकी थिइन् । हिजो साँझ अफिसबाट घर फर्कदै गर्दा उनीमाथि गोली प्रहार भएको बैङलोरका प्रहरी अधिकारी सुनील कुमारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हत्याको कारण खुल्न नसकेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । गौरीका बाबुले ४० बर्षअघि सुरु गरेको पत्रिका लंकेशलाई नै उनले निरन्तरता दिदै आएकी थिइन् । सो पत्रिकाको माध्यमबाट उनले कम्युनल हार्मोनी फोरमलाई समेत अघि बढाएकी थिइन् ।