बुद्ध एयरले भरतपुर–पोखरा भदौ ३० गतेदेखि उडान सुरु गर्ने

2170
views

चितवन, २१ भदौ । बुद्ध एयरले यही भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गर्ने भएको छ ।
बुद्ध एयरले चितवनमा पत्रकार सम्मेलन गरी उडानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ ।
बुद्ध एयर प्रालि भरतपुरका प्रवन्धक भक्तबहादुर बस्नेतले पहिलो उडानका लागि सबै सिट बुकिङ भइसकेको जानकारी दिए ।
उनले चितवनको पर्यटन व्यवसायीहरुका समस्यालाई बुझेरै उडान सुरु गरिएको बताए ।
बुद्ध एयरले भरतपुर(पोखराको हवाई भाडा दर ३ हजार ६ सय ५० रुपैयाँ तोकेको छ ।
भरतपुर(पोखरा उडान हुने भएपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।