चुना लगायो माओवादी केन्द्रले नेकपाको भित्तेलेखनमा

802
views

नवदृष्टि संवाददाता
पर्वत, २१, भदौ । मंगलबार साँझ नेपाल कम्युनिष्ट पार्टीले ‘यो कार्यालय बिक्रि गर्न पाईने छैन’ भनेर भित्तेलेखन गरेपछि बुधबार नेकपा माओवादी केन्द्रले चुना लगाएर मेटाईदिएको छ । मंगलबार नेकपाले पर्वत कुश्माको लभ्ली डाडाँमा रहेको पार्टी कार्यालय कब्जा गरेको भन्दै भित्तेलेखन गरेको थियो ।
बुधबार भित्तेलखन मेटाउदै नेकपा माओवादी केन्द्रले क्रान्ति गर्छु भनेर हिड्ने पार्टीले पार्टी कार्यालय कब्जाको संज्ञा दिदैं अराजक क्रियाक्लाप गरेकाे बताउँदैै भित्तेलखनमाथि चुना लगाएको छ । चुना लगाएपछि प्रतिक्रिया दिदैं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेत्र अधिकारी ‘हिमाल’ले पार्टी कार्यालय सार्वजनिक सम्पत्ति भएकोले सार्वजनिक सम्पत्तिमाथी कसैले पनि खेलवाड गर्न नहुने बताए । अधिकारीले भने ‘अनावश्यक भित्तेलेखनको कुनै तुक र अर्थ छैन्, बैद्य नेतृतवको नेकपा (क्रान्तिकारी माओवादी) ले पनि प्रयोग गरेकै छ, माओवादी केन्द्रले पनि कार्यालय प्रयोग गरेकै छ, कस्तो कब्जा हो हाँस्याष्पद भएको बताए । अधिकारीले पार्टी एकता गरेर जनवादी क्रान्ति सम्पन्न गर्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गरे ।