रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा उत्साहपूर्वक मनोनयन दर्ता

1285
views

रौतहट २२ भदौ,  । रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवारी दर्ता भएकोे छ । विभिन्न नगरपालिका तथा गाँउपालिकामा मुख्य दलका उम्मेदवारहरुले मनोनयन दर्ताको गरेका छन्

प्रदेश नं. २ को सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का युवराज भट्टराईले प्रमुख र देवकी नेपालले उपप्रमुख पदका लागि मनोनयन दर्ता गराउनुभएको छ ।यस्तै नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा रामचन्द्र चौधरी र उपप्रमुखमा लक्ष्मी बरालले मनोनयन दर्ता गराउनुभएको छ । नेकपा (एमाले)बाट भने उद्धवप्रसाद रेग्मीले प्रमुख र रामरति चौधरीले उपप्रमुखमा मनोनयन दर्ता गराउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा दिलीप थापा र उपप्रमुखमा सीता दाहालले मनोनयन दर्ता गराउनुभएको छ । स्वतन्त्रबाट चन्द्रपुर नगरपालिकाको प्रमुखमा मुकेश कुमार मिश्रा, शेख महम्द अनवारुल हक, गणेश कार्की, विजय घिमिरेले मनोनयन दर्ता गराएको चन्द्रपुर नगरपालिकाका निर्वाचन अधिकृत कमलराज भण्डारीले बताउनुभयो ।यता रौतहटको सबै भन्दा पुरानो गौर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीले नगर प्रमुखको उम्मेदवारी दिएनन । राजपाबाट गौर नगर प्रमुखको लागी अजय गुप्ता, एमालेबाट शम्भु साह, मधेशी जनअधिकार फोरमबाट अर्चना यादव फोरम लोकतान्त्रिकबाट गौरीशंकर यादवले उमेदवारी दर्ता गराएका छन ।स्वतन्त्रबाट तिन जनाले मेयरमा उम्मेदवारी दिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै बौधीमाइ नगरपालिकामा पनि शान्तिपुर्ण रुपमा उमेदवारी दर्ता कार्य सम्पन्न भएको छ । उक्त नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा प्रदिप यादब,उप प्रमुखमा इन्दु मिश्र,राजपाबाट प्रमुखमा राजाबाबु जयसवाल लगायतकाले उमेदवारी दिएका छन । रौतहटमा कुल २ सय ७७ मतदान स्थल तोकिएको छ भने ४ सय ३४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । १८ स्थानीय तहमा जम्मा ८ सय २१ पदाधिकारीको निर्वा्चित हुनेछन् । तेश्रो चरणको स्थानीय तह निर्वाचनमा रौतहटमा १८ मेयर, १८ उपमेयर, १ सय ५७ वडा अध्यक्ष र ६ सय २८ सदस्य स्थानीय तहमा निर्वा्चित हुनेछन ।