फाईल नदाल युएस ओपन टेनिसको सेमिफाइनलमा

1838
views

काठमाडौं,२२ भदौ । शीर्ष वरियताका रफाईल नदाल युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।
क्वाटरफाईनलमा रुसी खेलाडी आन्द्रे रुब्लेभलाई हराउँदै नदाल सेमिफाईनलमा पुगेका हुन् । रुब्लेभ विरुद्धको खेल नदालले ६(१, ६(२ र ६(२ को सोझो सेटमा जितेका हुन् ।
यो जितसँगै स्पेनिस टेनिस स्टार नदालले स्विस खेलाडी रोजर फेडेररसँगको सम्भावित सेमिफाइनल भिडन्त तय गरेका छन् ।
क्वाटरफाईनलमा फेडेररले हुँवा मार्टिन डेल पोट्रोको सामना गर्दैछन् । उक्त खेल जितेको खण्डमा फेडेररको भिडन्त नदालसँग हुनेछ ।
युएस ओपन टेनिसमा हालसम्म फेडेरर र नदाल आमने सामने भएका छैनन् ।
पुरुष एकलतर्फको अर्को सेमिफाइनलमा स्पेनका कारेनो बुष्टा र दक्षिण अफ्रिकाका केभिन एण्डर्सन भिड्नेछन् ।