फलेवासको विकास दातृ निकायको सहयोगमा– मेयर पदमपाणी शर्मा

2376
views

महेन्द्र जिसी
पर्वत, २२, भदौ । फलेवास नगरपालिकाको विकासका लागि विभिन्न दातृ निकायसँग छलफल भएको नगरपालिका प्रमुख पदमपाणी शर्माले बताए । शर्माले चीन, अमेरिका लगायतका दातृ निकायसँग मसिनो छलफल भएको समेत बताए ।
उहाँले भन्नुभयो ‘मुख्य आर्थिक जग फलेवास नगरपालिका र थप विकासका लागि हाम्रो एजेण्डालाई स्विकार्ने दातृ निकायसँग छलफल भएको छ ।’ शर्माले अमेरीकाको भर्जिनियामा समेत आर्थिक सहयोगका लागि सम्पर्क गर्ने काम भैरहेको समेत जानकारी दिए ।
२२ ओटा कुषिजन्य पदार्थमा कर लागु गर्ने निर्णयपछि विरोधमा तानिएका मेयरले दातृ निकायको सहयोगमा खुल्ला पर्यटन र पर्यटकीय हवको समेत विकास गरिने बताए । उनले निर्वाहमुखी खेतीमा कर लगाएको विरोधलाई स्पष्ट पार्दै आयोजित पत्रकार सम्मेलनमा समेत यस्तो बताएका थिए ।

मेयर शर्माले ओपन जु र शिक्षामा सुधार ल्याउने समेत बताएका छन् । उनले किसानको भलाईका लागि नै कर लागू गरेको बताए । उनले भने ‘किसानबाट उठेको कर किसनाकै लागि लगानी हुने हो कोही पनि भ्रमित हुन जरुरी छैन् ।’

उनले फलेवास नगरपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि अमेरिकाको भर्जिनिया राज्यसँग सहकार्य गर्न प्रस्ताव पेश गर्ने र फलेवास नगरपालिकालाई ओपन जुको रुपमा विकास गर्ने समेत बताएका छन् । नगरपालिकाको आर्थिक समृद्धिका लागि पर्यटनलाई मुख्य जोड दिएको छु शर्माले भने ‘छिट्टै नै भर्जिनियासँग सहकार्य गर्नका लागि प्रस्ताव लिएर जाने तयारीमा रहेकोले यसमा सबैको सयोगको अपेक्षा गर्दछु ।’

झन्डै चारमहिना नियमित सवारी साधन चल्न नसकेको फलेवास नगरपालिकालाई बाग्लुङ्गको जैमिनी नगरपालिका र पोखरासँग सिधा सम्पर्कमा जोड्ने र पर्यटकिय विकास गर्न लागेको समेत बताए । पोखरासँग सडक सञ्जाल जोडेपछि नगरपालिका वडा नं. १ कार्कीनेटा नजिकै रहेको स्याङ्गजाको अन्धाअन्धी दह र डहरेलेकलाई धार्मिक पर्यटकीय हबको रुपमा विकास गर्ने उनले बताए ।

फलेवास नगरपालिकामा खुल्ला चिडियाखानाको अवधारणा ल्याएको र यसका लागि बजेट विनियोजन समेत भैसकेको शर्माले बताए । फलेवास नगरपालिका, विहादी गाउँपालिका र बाग्लुङ्गको जैमिनी नगरपालिकाका प्रमुखको बैठक राखेर कालीगण्डकीमा ¥याफ्टिङ्ग सञ्चालन गर्न समेत गुरुयोजना बनाउने तयारीमा रहेको नगरपालिकाले योजना सञ्चालनका लागि दातृ निकायबाट आर्थिक सहयोग जुटाउने तयारी गरेको बताए ।