शिक्षामन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन

2337
views

काठमाडौं,२३ भदौ  । प्रारम्भिक बालविकासदेखि विश्वविद्यालय शिक्षाको नीति, कार्यक्रम र संगठन तर्जुमा गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय भएको छ ।
मन्त्रिपरिषद्को यही भदौ १९ गतेको बैठकको निर्णयअनुसार आयोग गठन भएको शिक्षा मन्त्रालयका प्रवक्ता एवं आयोगका सदस्यसचिव डा.हरि लम्सालले जानकारी दिए ।
आयोगमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झा, पूर्व्िशक्षामन्त्री डा.गंगालाल तुलाधर र धनीराम पौडेल, सांसद्हरु जीवन परियार, उमेश श्रेष्ठ, गीता राणा, डा.शिवजी यादव, जंगीलाल राय यादव, रुक्मिणी चौधरी, शिक्षाविद् केदारभक्त माथेमालगायत रहेका छन् ।
आयोगमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु सदस्य छन् भने केही सदस्यमन्त्रालयले पछि मनोनयन गर्नेछ ।
आयोगले पाँच महिनाभित्र संघ, प्रदेश र स्थानीय तहकाका अनुकूलका शिक्षा नीति, कार्यक्रम र संगठन, स्वरुप एवं सुधारसम्बन्धी प्रतिवेदन दिनेछ ।
यस्तै, शिक्षामा तत्काल सुधार गर्नुपर्ने विषयमा सुधार दिन पूर्वसचिव विद्याधर मल्लिकको संयोजकत्वमा एकउच्चस्तरीय कार्यदल पनि गठन भएको जनाएको छ ।