एजेन्सी, २३ भदौ । दक्षिण मेक्सिकोमा ८.१ रेक्टर स्केलको शक्तिशाली भुकम्प जाँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।
युएस जीओलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चिममा रहेको र गहिराई ७० किलोमिटर रहेको जनाएको छ ।
भूकम्प लगत्तै मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुवा, पानामा र होन्डुरसमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पको धक्का मेक्सिको सिटीमा महसुस गरिएको थियो।
त्यहाँका भवनहरु हल्लिएका थिए भने मानिसहरु अत्तालिएर सडकमा निस्किएका थिए। मेक्सिको सिटीमा एक मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको विवरणहरुमा जनाइएको छ ।मेक्सिकोको पूर्वी तटीय क्षेत्रमा आँधीको चेतावनी दिइएको समयमा पछिल्लो भूकम्प गएको हो ।