विद्यालय भवन निर्माणका लागि गुड नेवर्स ईन्टरनेश्नल नेपालको ७३ लाख आर्थिक सहयोग

2785
views

नवदृष्टि संवाददाता
पर्वत, २३, भदौ । गुड नेवर्स ईन्टरनेश्नल नेपालले जिल्लाको क्याङ गाविसको हलहलेमा गरीबका छोराछोरीले पढ्ने विद्यालयलाई भुकम्प प्रतिरोधी भवन निर्माणका लागि ७३ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
उक्त संस्थाले जिल्ला स्थित साझेदार संस्था सोडेक नेपाल मार्फत क्याङ गाविसको हलहलेमा रहेको हलहले आधारभूत विद्यालयलाई भुकम्प प्रतिरोधी दुईतल्ले चारकोठे भवन निर्माणका लागि आर्थिक सहयोग गरेको सो विद्यालयका प्रधानाध्यापक मन बहादुर पुनले बताएका छन् । ०७२ को भुकम्पले क्षतविक्षत बनाएको उक्त विद्यालयलाई सरकारी निकायबाट आर्थिक सहयोग नजुटेपछि सो विद्यालयले सोडेक नेपालसँग चारकोठे भवन निर्माणका लागि आग्रह गरेको बताउँदै पुनले भने ‘हाम्रो विद्यालयको आग्रहलाई संस्थाले स्विकार गरेपछि गरीबका छोराछोरीले पठन पाठन गर्ने दुई तले चारकोठे भुकम्प प्रतिरोधी भवनको निर्माण कार्य भैरहेको छ ।’ उक्त विद्यालयमा भवन निर्माणका लागि सुर्योदय कन्ट्रक्सन प्रा.लि. ले निर्माण कार्यको जिम्मा लिएको छ भने विद्यालयमा निर्माणाधीन भवनको अनुगमन साेही विद्यालयले गर्दै अाएकाे पुनले बताए ।