भक्तपुरमा १२ सदस्यिय फुटभली संघ गठन

2481
views

नवदृष्टि संवाददाता
भक्तपुर, २४, भदौ । सिञ्धुपाल्चोकमा १२ सदस्यिय फुटभली संघ गठन भएको छ । फुटभली संघ गठनको कार्यक्रम आज भक्तपुरमा गरिएको थियो । फुटभली संघको अध्यक्षमा गेहेन्द्र बहादुर बुढाथोकी (बबिन), उपाध्यक्षमा मोहन तमाङ, महासचिवमा सन्तोष भट्टराई, सचिव प्रेम कुमार श्रेष्ठ र कोषाध्यक्षमा कमल कनपति रहेका छन् । यस्तै समितिका अन्य सदस्यहरुमा शोभा जिसी, विक्रम तमाङ, मुरारी कार्की, निश्चल गिरी, नवराज भट्टराई, जयचन्द्र लामा र सागर श्रेष्ठ रहेका छन् ।
नवगठित फुटभली संघका पदाधीकारीलाई बधाई ज्ञापन गर्दै पुर्ब ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमालले खेल राष्ट्रको गहना भएको बताए ।
फुटभली संघको उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका जिल्ला उपाध्यक्ष एवम नेपाली काँग्रेस क्षेत्र न २ का उपसभापति नबराज भट्टराई, फुटबलि संघका राष्ट्रिय उपाध्यक्ष राजुबिक्रम थापा, ¥याफ्टीङ एण्ड क्यानोनिङका जिल्ला अध्यक्ष फागुन लामा, सुनकोशी गाउँपालिकाका अध्यक्ष बिनोद जिसी, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका जिल्ला उपाध्यक्ष दुर्गा आचार्य, हिमाल श्रेष्ठ, सतिस श्रेष्ठ, सन्तोष भट्टराई, जय चन्द्र लामा लगायतले फुटभलि नेपालमा केही समय अघि मात्र भित्रिए पनि नेपालको यसको बढवा गर्न जिल्ला खेलकुद विकास संघ लागि परेको बताए ।
नेपालमा आगामी दक्षिण एशियाली खेल सिन्धुपाल्चोकको सुकुटेको सुनकोसी नदिको किनारमा सञ्चालन गर्नको लागि आफुहरु लागि परेको जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष नबराज भट्टराईको भनाई थियो ।