पैसाले चुनाव जित्नेहरुले भ्रष्टाचार गर्छन –प्रचण्ड

1357
views

चन्द्रपुर, रौतहट, २५, भदौ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको भोट पैसामा किनेर चुनाव जित्नेहरुले चुनावपछि भ्रष्ट्राचार मात्र गर्ने बताउनु भएको छ ।
आइतबार रौतहटको चन्द्रपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “जनमतबाट डराएपछि भ्रष्टहरु पैसा बाँडेर चुनाव जित्ने सपना देखेका छन्। यहाँ पनि भोजभतेर गरेर, पैसा बाँडेर चुनाव जित्न खोजेको सूचना आएको छ । उनीहरु अहिले पनि जनतालाई मान्छे ठान्दैनन्। पैसा बाँडेर चुनाव जितेपछि उनीहरुले जनताको काम गर्दैनन्, त्यो बाध्यता पनि हुँदैन, उनीहरुको काम त भ्रष्ट्राचार गरेर आफ्नो लगानी उठाउनु, देशलाई लुट्नु मात्र हुन्छ ।’
‘बैशाख ३१ गते नै सबै ठाउँमा चुनाव गर्न सकिन्थ्यो। तर, हामीले त्यसो गरेनौं, प्रचण्डले थप्नुभयो, “एकै चरणमा चुनाव गरेको भए मधेशमा धेरैको रगत बग्थ्यो, धेरैलाई जेल हाल्न पथ्र्यो । म जनतालाई गोली ठोक्ने, जेल हाल्ने पक्षमा थिइनँ । देशलाई शान्ति, स्थीरता र विकासको दिशामा लान चाहन्थें, त्यसैले चरण चरणमा चुनाव गरियो ।’
आइतबार बिहान अध्यक्ष प्रचण्डले चन्द्रपुरकै ३ स्थानीय चुनावी सभालाई सम्बोधन गगर्नुभयो। कार्यक्रममा चन्द्रपुर नगरपालिकाका मेयरका उम्मेदवार युवराज भट्टराई, उपमेयरका उम्मेद्वार जानकी नेपाल लगायतका वक्ताहरुले नगरको विकासबारे आफ्नो धारणा राखेका थिए ।