आरएम डङ्गोलको एकल कविता वाचन

2488
views

नुवाकोट, २५ भदौ । युवा पुस्ताका चर्चित कवि तथा समालोचक आरएम डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं. २ का स्थायी निवासी आरएम डङ्गोल काठमाडौंमा क्रियाशिल हुनुहुन्छ ।
त्रिशुली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ नुवाकोट र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको एकल कविता वाचन कार्यक्रममा काठमाडौं देखिका साहित्यकारहरुको सहभागिता रहेको थियो । औपचारिक रुपमा नुवाकोट जिल्लामा एकल कविता वाचन कार्यक्रम यो पहिलो भएको अनुमान गरिएको छ । वर्तमान पुस्ताका चर्चित कवि आरएम डङ्गोलका उत्कृठ सृजनालाई कार्यक्रममा सहभागि कवि तथा कवयत्रिले समेत वाचन गरेर सुनाएका थिए । आरएम डङ्गोललाई माया गरेर कार्यक्रममा सहभागिहरुले उहाँको कविता वाचन गरेका हुन् ।
कार्यक्रममा सहभागिहरुले आरएम डङ्गोलका कविताले समसामयिक अवस्थाको चिन्तन देखि मनको कुरालाई बोकेको टिप्पणी गरको छन् । आरएम डङ्गोलको एकल कविता वाचन सुन्नका लागि काठमाडौंबाट पनि साहित्यकारहरुको सहभागिता रहेको थियो । विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा कृष्णप्रसाद आचार्य, त्रिशुली वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँल, त्यस्तै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उप प्रमुख गीता दाहाल, वडा नंं ४ का अध्यक्ष टलकमान श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको समेत सहभागिता रहेको थियो ।