देउवाले पार्टी मिलाएर लान सकेनन् कांग्रेस नेतृ- कोइराला

686
views

विराटनगर,२५ भदौ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई गुटगत राजनीतिबाट माथि उठाउन कोइराला परिवार एक ठाउँमा उभिनुको विकल्प नभएको बताएकी छन् ।
आइतबार विराटनगरमा पत्रकारहरुसँग नेत्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर लान नसकेको आरोप लगाइन् ।
उनले अब कोइरालाहरु एक ठाउँमा उभिएर पार्टीलाई गोलबद्ध बनाएर अगाडि बढाउने दाबी पनि गरिन् ।
राजनीतिमा रहेका कोइराला परिवारका डा. शेखर, शशांक र सुजाताको एकता कसैविरुद्ध नभइ कांग्रेसलाई बलियो बनाउन रहेको दाबी पनि उनले गरिन् ।
नेत्री कोइरालाले २ नम्बर प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा देउवा पक्षले टिकट वितरणमा एकलौटी गरेको आरोप पनि लगाइन् ।