प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीको लडाई हो –नीधि

678
views

जकपुर,२६, भदौ । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने निर्वाचन भएको बताउनुभयो ।
नेपाली कांग्रेसको मिडिया सेन्टरद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेता नीधिले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताउँदै नेकपा (एमाले) मधेश विरोधी शक्ति भएको आरोप लगाउनुभयो ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री समेत रहनुभएका निधिले मधेशीलाई विदेशी भन्नेलाई मधेशी जनताले मतबाट सबक दिने समय आएको धारणा राख्नुभयो ।
अनुसार प्रदेश नं २ मा कांग्रेसको लहरलाई देखेर विपक्षी एमालेलगायतका दलहरुमा छटपटी बढेको नो नीधिको भनाई थियो ।
संविधान संसोधन गर्न नमान्ने एमालले मधेसी जनतालाई ढँट्ने र छल्ने प्रयास गरेको नधिको भनाई थियो ।
काँगेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले २ नं प्रदेशमा काँग्रेसका पक्षमा अपार जनसमर्थन देखिएको चर्चा गर्दै मतदाताहरूले काँगे्रसलाई अत्यधिक मतले जिताउन चुनावलाई अवसर र उत्सवका रूपमा लिएका छन् भन्नुभयो ।
उहाँले तेस्रो चरणको चुनाव मधेश र मधेशी जनताको पक्षमा उभिने र उभिन नचाहनेको जनमत संग्रह हो भन्नुभयो ।