कतारमा अनेसास नवोदित वाचन डबलीको ७३ औँ श्रङ्खला सम्पन्न

2110
views

दोहा, २५, भदौ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको छैटौ अधिबेशन तथा १५२ औँ मोती जयन्ती र अनेसास नवोदित वाचन डबलीको ७३ औँ श्रङ्खला एकै साथ सम्पन्न भएको छ ।
८ सेप्टेम्बर शुक्रबारका दिन दोहाको टप फर्म रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा अनेसास कतार च्याप्टरका अध्यक्ष तीर्थ संगम राईको सभापतित्व तथा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेको प्रमुख आतिथ्यमा भएको थियो ।
विशेष अतिथिमा संध्या ग्रुप अलखोरका अध्यक्ष बिरेन्द्र याक्थुम्बा, नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष लेख कार्की तथा प्रवासी आदिबासी जनजाति महासंघ कतारका उपाध्यक्ष लिलाम चिदि मगर रहेका थिए ।
कतारमा रहेका थुप्रै साहित्यकार तथा साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा आमन्त्रित अथितिहरूलाई संस्थाका प्रथम उपाध्यक्ष श्याम राज रानाभाटले स्वागत गरेका थिए भने संस्थाका द्वितीय उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले मोतीराम भट्ट को जीवनी प्रस्तुत गरेका थिए ।
साहित्य वाचन सँगसँगै संचालन भएको कार्यक्रममा करिब डेढ दर्जन साहित्यकारहरूले आ–आफ्ना रचनाहरू वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमा शेखर बस्नेत, दीप प्रदिप कुमार, टीका खड्का राष्ट्रप्रेमी, निराजन लुइँटेल, चक्र कार्की, मणि पौडेल, सुनिता भण्डारी, बेचन महतो, राम सोगारथ यादब, केशब खनाल, रजक रायन, बसन्त भुजेल, स्वतन्त्र नेपाल, दीप मिलन, हरि बिनोद अधिकारी, सन्तोष अधिकारी, बिन्दा लामा आदि थिए ।
कार्यक्रममा उपस्थित विशिष्ट स्रोताहरु बिनोद खड्का, पबित्र खड्का, देविका के सी आदिले शुभकामना मन्तव्य सँगै आफ्ना रचनाहरु पनि प्रस्तुत गरेका थिए ।
अनेसास कतारले आफ्नो दुई वर्षको कार्यावधिभरि भए गरेका क्रियाकलापहरु सहितको प्रगति विवरण संस्थाका महासचिव सिताराम थापाले प्रस्तुत गरेका थिए भने संस्थाको आर्थिक विवरण कोषाध्यक्ष मणि पौडेलले प्रस्तुत गरेका थिए ।
बिल बहादुर गुरुङ संयोजक र सदस्यद्वय क्रान्ति सिंह र करिम बक्स मियाँ रहेको निर्वाचन टोलीले श्याम राज रानाभाटको अध्यक्षतामा २०१७–२०१९ को लागि निर्विरोध ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेका थिए । जसमा प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टाराई, द्वितीय उपाध्यक्ष सिताराम थापा महासचिव मणि पौडेल निराजन लुइटेल कोषाध्यक्ष भोला थापा सह–कोषाध्यक्ष हरि अधिकारी तथा सदस्यहरूमा दीप मिलन , बिन्दा लामा , चक्र कार्की र सन्तोष अधिकारी रहेका छन ।
राजेश्वर ढकाल र सिताराम थापा द्वयले संचालन गरेको सो कार्यक्रममा अनेसास कतारको इतिहास र साहित्यिक गतिविधिहरुको बारेमा चर्चा गर्दै संस्थाका अध्यक्ष तिर्थ संगम राईले कार्यक्रमको औपचारिकरुपमा समापन गरेका थिए ।