आचारसंहिता पालना गर्न सरकार प्रतिवद्ध छ–प्रधानमन्त्री

2123
views

विराटनगर, २७, भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री देउवाले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराउनुभयो । प्रधानमन्त्री देउवाले आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।
संविधान संशोधनको जिज्ञासामा उहाँले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संशोधनको सम्भावना प्रचुर रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको विषयमा छानबिन भइरहेको जानकारी गराउनुभयो । मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको बताउनुभयो । देउवा आजै विराटनगरबाट सप्तरी जिल्ला पुग्नुभएको छ ।