गुल्मी धुर्कोट गाउँपलिकामा साँझ दुईघण्टा भन्दा बढी समय मदिरा बिक्री गर्न नपाईने

2380
views

गुल्मी, २७, भदौ । मदिराले समाजमा विकृति र विसंगतिका घटनाहरु बढ्न थालेपछि यसको विरुद्धमा गुल्मी धुर्कोट गाउँपालिकाले मदिरा नियन्त्रणका लागि कडा निर्णय गरेको छ । गुल्मी धुर्कोट गाउँपालिकाका कुनैपनि घर पसलहरुमा साँझ बजेदेखि ८ वजेसम्म मात्रै मदिरा बेच्न पाईने नियम बनाएको छ । त्यो भन्दा अन्य समयमा मदिरा बेच विखन गरेको पाईए स्थानिय सरकारले जरीवाना गर्ने र त्यो भन्दा पनि कडा सजायँ पसल समेत वन्द गाउँपालिकाले निर्णय गरेको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले बताए । समाजमा ‘विकृति विसंगतिको कारक मध्ये मदिरा पनि भएको र यसको नियन्त्रण गर्न आवश्यक रहेको भन्दै पोखरेलले भने–‘यसर्थ धुर्कोट गाउँपालिकाभित्र साँझमा जम्मा दुईघण्टा मदिरा बेच्न पाउने र यस अभियानलाई तिव्र पार्दै जाँदा अझ कम र सिमित पसललाई मात्र अनुमति दिईने थप निर्णय समेत पछि गर्न सकिने छ ।’
गाउँपालिकाले दुईबर्षभित्र खरका छाना रहित धुर्कोट बनाउने नारालाई साकार पार्न रकम विनियोजन गरेको समेत जनाइएको छ । साथै आधुनिक र आयमुलक कृषि उत्पादनलाई प्राथमिकता दिएको छ । गरीब तथा विपन्न परिवारलाई अनुदानको व्यवस्था गरी बरीबीबट मुक्त गर्ने समेत गाउँपालिकाले योजना बनाएको छ ।