म्याग्दीको दाना घट्टेखोलामा मोटरेवल पूल निर्माण कार्य शुरु

2073
views

नवदृष्टि संवाददाता
म्याग्दी, २७, भदौ । म्याग्दीको दाना घट्टेखोलामा मोटरेवल पूल निर्माण कार्य शुरु भएको छ । उक्त मोटरेवल पुल हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको घट्टे खोलाको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले पौने छ करोड रुपैयाँको लागतमा ४० मिटर लामो पुल निर्माण कार्य सुरु गरेको हो । पाँच करोड ७६ लाख ८० हजार ५५६ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको पुल २०७५ असार भित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । सो पुल निर्माण कार्यको जिम्मा निर्माण कम्पनी फेवा नयाँबाटो जेभीले लिएको छ । पुल निर्माण कार्य सम्पन्न भएपछि बेनी–जोमसोम सडकमा यात्रा गर्ने स्थानीय बासिन्दा, तिर्थयात्री र पर्यटकहरुलाई सुबिधा पुग्ने आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनको भनाई छ ।