डिआईजी नवराज सिलवालको रिट सर्वोच्चद्वारा खारेज

1169
views

काठमाडौं, २७, भदौ । डिआईजी नवराज सिलवालको रिट निवेदन मंगलबार खारेज भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीसहित सातजना न्यायधीश संलग्न बृहद इजलाशले सिलवालको रिट खारेज गरेको हो ।
कार्यसम्पादन मूल्याङकनका आधारमा आइजीपीका लागि सिलवालले आफू प्रकाश अर्याल भन्दा अगाडि रहेको दावीसहित रिट निवेदन दर्ता गराएका थिए । सिलवालको रिट खारेज भएपछि अर्याललाई आइजीपीका रुपमा सहज रुपमा काम गर्न थप मार्ग प्रशस्त भएको छ । मन्त्रिपरिषदले जयबहादुर चन्द र प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेपछि सिलवालले दुई वटा रिट दायर गरेका थिए ।