संघीय फोरमका नेता रोक सहित २००० माओवादी केन्द्रमा प्रवेश

683
views

काठमाडौँ २७ भदौ । संघीय समाजवादी फोरमका केन्द्रीय सचिवालय सदस्य नवीन रोका मगरसहित संघीय फोरम, वैद्य माओवादी, विप्लव माओवादी, राप्रपा लगायतका पार्टी परित्याग गरी २००० जना नेता(कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
कार्यक्रममा संघीय समाजवादी फोरमका सचिवालय सदस्य नवीन रोकाको नेतृत्वमा १५०० जना, नेकपाका नेताहरु मोहन न्यौपाने र मेखबहादुर बिक लगायतका नेताहरुको नेतृत्वमा ५ दर्जन र वैद्य माओवादीका नेता थमानसिंह तामाङको नेतृत्वमा ३०० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन
पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले सबै माओवादी र परिवर्तनकारी शक्तिहरु एक हुनुको बिकल्प नभएको बताउनु भयो। प्रचण्डले भन्नुभयो, “हाम्रो मिसन धेरै ठूलो छ, समाजवादको मिसन हामीले पूरा गर्नुछ। बीचमा माओवादी आन्दोलनमा निकै ठूला टुटफुट र विभाजनका श्रृङखला चले। अहिले धेरै साथीहरु ब्युझन थाल्नुभएको छ। बिस्तार सबै साथीहरु ब्युझन्छन्, नेताहरु पनि ब्युझन्छन् र माओवादी आन्दोलन शक्तिशाली भएर आफ्नो मिसनमा अगाडि बढ्छ ।”