एसीसी यू १९ क्रिकेटमा आज नेपाल र भुटान मैदानमा

2152
views

काठमाडौं,२८ भदौ । मलेसियामा जारी एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटको दोस्रो खेलमा अहिले नेपालले भुटानसँग खेलिरहेको छ ।
भुटानले टस जितेर ब्याटिङ शुरु गरेको छ । कमजोर प्रतिद्वन्द्वी भुटान विरुद्धको खेलमा सहज जित निकाल्ने नेपालको लक्ष्य हुनेछ ।
आजको खेलमा नेपाललाई प्रतिद्वन्द्वीबाट भन्दा पनि वर्षाले बढी चुनौती दिनसक्ने अनुमान गरिएको छ ।
मलेसियामा हरेक दिनजसो वर्षा भईरहेको छ । नेपालले समूह ए को अन्तिम खेलमा भोलि सिंगापुरसँग खेल्नेछ ।
यसअघि समुहको पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले हराउँदै नेपालले प्रतियोगितामा शानदार सुरुवात गरेको थियो ।
८ राष्ट्र सहभागी एसीसी युथ नाईन्टिन क्रिकेट पुर्वी क्षेत्रको छनोटको समुह ए मा नेपालसँगै थाईल्याण्ड, भुटान र सिंगापुर तथा समूह बी मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रका युथ टोलीसँग खेल्ने मौका पाउनेछन् ।