काठमाडौं,२८ भदौ । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएपछि रसुवामा पनि चुनावी क्षेत्रको चर्चा सुरु हुन थालेको छ । मंसिरमा हुने प्रदेश निर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम चर्चामा आउन थालेको हो । प्रदेशसभाको चुनाबी सर्गम बढदै जादा नेपाली कांग्रेस भित्र रसुवाको क्षेत्र नम्बर २ बाट युवा नेता सरोज न्यौपाने को चर्चा सुरु भएको छ । रसुवाको पार्बतीकुण्ड, उत्तरगया र कालिका गाउपालिकाको ३ वडा मिलेर बनेको सो क्षेत्रमा न्यौपानेको बिकल्प नरहेको स्थानीय युवा बद्री आचार्यले बताए । स्थानिय युवा तथा बुढापाका माझ लोकप्रिय बनेका न्यौपानेले आफ्नो उम्मेदवारीलाई बलियो बनाउन प्रयासरत रहेको स्रोतको दाबी रहेको छ । भुकम्पको समयमा राहात बितरण तथा जिल्लाको बिकास निर्माणका काममा अहोरात्र खटिएका न्यौपानेलाई क्षेत्र नम्बर २ बाट चुनाब जित्न सहज रहेको कारण पार्टीले पनि टिकट दिने सम्भावना रहेको बताइएको छ । उनले टिकट पाएमा उनको जितलाइ कसैले रोक्न नसक्ने बताइएको छ ।