नेपालले भुटानमाथि ९ विकेटको सहज जित दर्ता

2244
views

काठमाडौं २८ भदौ । एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले दोस्रो खेलमा सहज जित दर्ता गरेको छ । बुधबार विहान मलेशियामा भएको भुटानलाई ५० रनमै समेट्दै जित निकालेको हो ।
नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको हो । नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट भएको थियो ।
भुटानका तर्फबाट उगेन दोर्जी १३ र तासी फुन्सो १६रन बनाउनु बाहे अन्य ब्याट्स मयानले दोहोरो अंक जोड्न सकेनन ।
नेपालका संदिप लामिछानेले ७ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिए भने कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए । यस्तै नन्दन यादवले एक विकेट लिए ।
नेपालले भोलि मलेशियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।