अमेरिकाले नेपाललाई दिने ५० अर्ब रुपैयाँको आज सम्झौता हुने

2181
views

वासिङ्गटन (डिसी), २९, भदौ । अमेरिकाले नेपाललाई आर्थिक सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलर अर्थात् झण्डै ५० अर्ब रुपैयाँ बराबरको रकम सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ ।
नेपाल सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दे हुनुहुन्छ ।
यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारको १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ । सो लगानीले नेपालको सडक सुधार र विद्युत् विकासका लागि एक एकीकृत योजनामा गरिने छ ।
अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एशियाली क्षेत्रको एक मात्र देश हो । एमसिसी नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौता अन्तर्गत प्राप्त रकमले नेपालको गरिबी न्यूनीकरणका लागि महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।