विदेशमा नेपाली भाषाको मोह

2694
views

–विजय थापा
देश र भाषा सबै देशका जनताको लागि उतिकै माया हुन्छ । परदेसीएकालाई देश र भाषाको माया धेरै लाग्दछ । जे जस्तो अवस्थामा हामी नेपाली बिदेशीएको भएता पनि सबै नेपालीको सम्पर्कको साझा भाषा नेपाली भाषा हरेक स्वाभिमानी नेपालीको हृदयमा संचित हुन्छ ।
यो हाम्रो सम्पत्ति हो र यो बिना हामि कल्पना पनि गर्न सक्दैनौ । सबैले श्रद्धा गर्दछौ । नेपाली भाषा सम्पर्कको भाषा भएकोले यदि यो रहेन भने हाम्रो पहिचान समाप्त हुन्छ भन्दा कुनै अतिशयोक्ति नहोला । यसको संरक्षण र प्रबर्धन हामी सबैले डटेर गर्दा मात्र नेपाली भाषाको पहिचान चिरस्थाई हुन्छ नत्र कुनै काल खण्डमा बिश्वमा भै रहेको भाषाको प्रभावमा यो पनि मासिने डर हुन्छ । बिलय हुन् केहि क्षण लाग्दैन । र हाम्रा पुर्खाले जोगाई राखेको भाषा र साझा सम्पर्कको अमुल्य नासो बिलिन हुनेछ ।
हाम्रा पिढीहरुले हामीलाई के जवाफ दिने ? हाम्रो भाषा कुन हो भनि हामीलाई प्रश्न गर्दा उचित जवाफ दिन सक्नु पर्छ । राजनैतिक परिवर्तन सगै राष्ट्रिय पोशाक समेत ओझेलमा परेको छ । हाम्रो राष्ट्रिय पोसाक के हो भनि कसैले सोधे भने हामिसंग त्यसको सहि जवाफ नहुन सक्छ किनभने राष्ट्रका सेवक त राष्ट्रिय पोसाक लगाउदैनन ।
कालान्तरमा भाषा पनि संकटमा नपर्ला भन्न सकिने अवस्था छैन यसको प्रत्याभूति कसले गर्ने या दिने ?बिदेशी माटोमा रहदा मात्रीभूमिले मुलुकले लगाएको गुणको पैचो तिर्न एउटा बिदेसिएको नेपालीले आफ्ना बिचार र भावना पोख्न कविता, कथा, गीत र साहित्यलाई हतियारको रुपमा प्रयोग गरि आफ्ना कुराहरु पस्कि रहेको हुन्छ ।
सर्वप्रथम हामी नेपाली हौं । हामी नेपालीमा नै नेपाली समुदायसंग बोल्न रुचाउछौ किनभने हाम्रो सम्पर्कको भाषा नेपाली हो । नेपाली भाषा प्रति छाती फुलाउदछौ र यसले हाम्रो शिर उच्च पारेको छ । हाम्रा हृदय भित्र उकुस मुकुस भएर रहेका भावना र वेदनाहरुहरु यसै माध्यमबाट अभिव्यक्त गर्दछौ ।
किनभने यस प्रति हाम्रा पुर्खाले ठुलो योगदान पुर्याएका छन् र नेपाली भाषा बिना त हाम्रो जीवन नै चल्न मुस्किल हुन्छ । राष्ट्र रहे सम्म राष्ट्रिय भाषा र सम्पर्कको भाषालाई सम्मान गर्न हरेक नेपाली तत्पर हुन्छ । नेपाली भाषा धनि छ र भाषाको विकास हेतु प्रसस्त सापटी लिएर काम चलाईएको छ िजुनसुकै भाषामा पनि अरु देश, राष्ट, समुदाय आदि ईत्यादीबाट सापटी लिएर समृद्ध बनाईने कोसिस गरिएको हुन्छ । नेपाली भाषा पनि यसरि नै निर्माण गरिएको छ ।

नेपाली भाषाको जननी संस्कृत भाषा हो । मातृ भूमिमा मात्र नभै परदेशमा नेपाली भाषाले नेपाली नेपाली बीच गहिरो साईनो लगाई दिन्छ । नेपालीले नेपाली भाषा बोल्दा सबैको मन प्रफुल्ल बनाई दिन्छ । बिदेशी माटोमा आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउनु अपरिहार्य हुन्छ किनभने नया पिढीहरुले छिटो टिप्छन । यसो गरेमा भाषा मुर्झिदैन । नेपालमा बस्ने नेपालीहरुले हिन्दि भाषा सिकेका हैनौ तर हामी हिन्दि भाषा धारा प्रवाह बोल्न सक्ने नभए पनि बोल्न सक्छौ ।

परदेश या स्वदेश जहाँ भए पनि आफ्ना परिवार र सन्तानहरुसंग नेपाली भाषामा कुरा गर्न सकियो र प्राथमिकता दिन सक्यौ भने नेपाली भाषा र राष्ट्र भाषा कालजयी हुनेछ िकेहि शताब्दी पछि अंग्रेजी भाषाले ब्रम्हाण्ड भरि ढक मक्क ढाक्ने संकेत देखिदैछ । अंग्रेजी भाषा बिना कही पनि बाच्न नसकिने अवस्था छ । जसरि अंग्रेजी भाषाको लागि हामी र हाम्रा सन्तानहरुले प्राथमिकता दिएका छौ त्यसै गरि हाम्रो भाषा नेपाली भाषालाई माया मात्र गरे हाम्रो भाषा कहिले न अस्ताउने हुन्छ ।
सयुक्त राष्ट्र संघ, शैक्षिक, बैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले संसारमा बोलिने करिब छ हजार भाषा मध्ये तीन हजार भाषा लोप भै सकेको उल्लेख गरेको हुनाले हाम्रो भाषा नेपाली भाषालाई संरक्षण र सम्बर्धन गर्न सकिएन भने यो खतराको मुल्य हामी सबैले चुकाउनु पर्ने हुन्छ ।
परदेशमा कुनै कार्यक्रममा एकजना बिदेशीको उपस्थितिको कारण मात्र हाम्रो भाषालाई किनारा लगाउदै अंग्रेजी भाषा प्रचलनमा ल्याएको देखेका छौ र विदेशी अतिथिले नेपाली भाषा भन्दा अंग्रेजी भाषालाई प्राथमिकता दिदा रहेछन भनि बिदेशी अतिथिले ठान्नु स्वाभाविक हुन्छ । नेपाली भाषाको समृद्धता र सम्पन्नतालाई शब्द ढुकुटीले प्रतिबिम्बित गरिरहेको हुन्छ। गुरुङ भाषामा (रोधीघर ,नेवारी भाषामा (क्वा‘ंटी,जुजु धौ, तामाङ भाषामा (जा‘ंड(रक्सी र लिम्बू भाषामा (चिहान र मैथिली भाषामा पटुवा आदि ईत्यादी नेपाली भाषामा प्रयोग भै रहेका छन् ।
हाम्रो राष्ट्रिय र सम्पर्कको भाषाको रक्षार्थ ऐक्यबद्दता जनाउनु पर्ने हुन्छ । बिदेशमा अभिभावकले घर भित्र बोलि दिने गरे हाम्रो भाषा कहिले ककझेलमा नपर्ने हुन्छ । यदि हामीले भाषामा ध्यान दिएनौ भने भोलि नेपालीमा अंग्रेजी मिसाएर बोलेको हो या अंग्रेजीमा नेपाली मिसाएको हो भन्ने एकिन गर्न नै गार्हो हुन्छ ।
परदेशमा आगन्तुक शब्दहरु स्वीकार गर्द्दै यो पनि डाइसपोरा(प्रवासी )शब्द भै सकेको छ र आफु पनि बिदेशी भै सकेको भन्ने तिर हामी गयौ भने नेपाली शब्दहरु बिस्थापित हुने बढी सम्भावना हुन्छ । भाषा नै यस्तो माध्यम हो जस्को कारण मुलुकको विकास र विस्तारमा हाम्रा संस्कृति र परम्पराको अनुसन्धान र खोज गर्न सरल र सम्भव हुन्छ । बिदेशी माटोबाट पनि हाम्रो राष्ट्रिय भाषाको संरक्षण र प्रबर्धन गर्न सकेमा भाबी पिढीले हाम्रो योगदानको कदर गर्ने छन् र भाषा मौलाउने छ ।…..अस्तु हाल अमेरीका