–महेन्द्र जिसी
अन्तर के भो र खै पञ्चाय र संघीयताको
उहिले पञ्चायत काल थियो ।
जिम्मालका जुठा भाँडा माझेपछि कमोद पुरा हुन्थ्यो ।
जिम्मालका गाई वस्तु स्याहारे पछि तिरो तिरिन्थ्यो ।
जिम्माल्नीका छोरा छोरी र थरा थाङना समाल्दिए पछि
गाउँको ईमानी बनिन्थ्यो ।
दशैंमा लाहुरबाट बा घर आउँदा जिम्माल बा कहाँ कम्मल चढाउन पुग्थे ।
पञ्चायत फेरियो बहुदल आयो ।
दलका पछि लाईयो आन्दोलन गरियो ।
गरिबीका नाममा लत्ता फेरीयो ।
दल र पार्टी भन्दै जथ्था फेरीयो ।
मुलुक र जनताका लागि भन्दै देशको न्वारन
दर्जन पल्ट गरीयो ।
गण तन्त्र लोक तन्त्र हुँदैै संघियता आयो ।
मनका लड्डु मन मनै गुनियो ।
गरिबको मुख अझै थुनियो
संघीयताका गाउँले प्रमुख उनै मुखिया चुनियो ।
दश रुपिँयाको सिफारिस तीन सय पुगेको छ ।
बल्ल तल्ल उमारेको कोदोको कर लागेको छ ।
अब त देश भन्दा भन्दै विदेशको रहर जागेको छ ।
अन्तर के भो र खै पञ्चायत र लोकतन्त्रको
अनि बहुदल र संघीयताको ।
बाटो उस्तै छ माटो उस्तै छ
मैले खाने ढिडो अनि आटो उस्तै छ ।
फेरिएको छैन तानाशाह र मुखियानी शासन
लुगा उस्तै छ फाटो उस्तै छ ।
उहिले मुखियाको शासन चल्थ्यो ।
अहिले गाउँले प्रमुखको ।
अन्तर के भो र खै पञ्चायत र संघियताको ?
फलेवास नगरपालिका, ३, पर्वत