एमाले र माओवादीलाई पौडेलको प्रश्न ‘बहुलवादमा कार्यकारी’ किन ?

2226
views

नवदृष्टि संवाददाता
सर्लाही, २९, भदौ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्लाहीको मलंगवामा आयोजित चुनावी सभालाई संबोधन गर्दै बहुलवादी व्यवस्थामा कार्यकारी आवश्यक नरहेको बताएका छन । नेता पौडेलले एमाले र माओवादीलाई प्रश्न गर्दै भने तपाईहरु कम्युनिष्ट हो कि कन्फ्युज हो ? जहाँ कि संविधानमै बहुलबादमा आधारित संसदीय व्यवस्था भनेर उल्लेख भइसकेपछि प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत किन ?
पौडेलले नेकपा माओवादी, नेकपा एमाले र राष्ट्रिय जनता पार्टी सिद्धान्त र आर्दशविहिन पार्टी भएको भन्दै देशलाई अघि बढाउन कांग्रेसलाई मत दिन आग्रह गर्दै एमाले र माओवादी कम्युनिष्ट हुन कि कन्फ्युज हुन् आफु अन्योलमा रहेको बताए ।
उनले ‘आदर्श र सिद्धान्त नभएको पार्टीको लक्ष्य नहुने भन्दै लक्ष्य नभएका पार्टीले मुलुकलाई कतिबेला कहाँ लैजाने हुन थाहै नहुने आरोप लगाए । एमाले र माओवादीले संसदीय व्यवस्था स्विकारेर हस्ताक्षर गरेका हुन् अहिले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको बेईमान िराजनीति आवश्यक छैन् । पौडेलले राजापाप्रति पनि कडा रुपमा देखिदै भने ‘‘राजपाको सिद्धान्त क्षेत्रीयता हो, क्षेत्रीयता राजनीतिक सिद्धान्त न लक्ष्यमा पुग्न सक्छ न मुलुकको हितमा ।’
पौडेलले देशमा भ्रष्टाचारको सञ्जाल बढ्नु दुर्भाग्यपूर्ण भएको बताउँदै ‘हिजोका दरबारीया दक्षिणपन्थी र कम्युनिष्ट वामपन्थीहरले संसदीय व्यवस्था नमान्दा देशमा अराजकता मौलाएको जिकिर गरे । उनले व्यवस्थाको बहसमा भन्दा विकासको बारेमा सोचेर मुलुकलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताए ।