विप्लव समूहका तीन युवाले मालपोत प्रमुखलाई कालोमोसो दले

648
views

नवदृष्टि संवाददाता
कावासोती, २९, भदौ । मालपोत कार्यालय कावासोतीका प्रमुखलाई आज अज्ञात समूहले कालोमोसो दलेका छन् । कार्यकक्षमा तीनजनाको समुह प्रवेश गरी भष्टाचारी भन्दै कालोमोसो दलेका हुन् ।
इलाका प्रहरी कार्यालयका डिएसपी नविनराज राईका अनुसार आफूलाई विप्लव समूहको भन्ने युवाहरुले अभद्र व्यवहार गरेर फरार भएको र उनीहरुको खोजिकार्य भैरहेको छ ।कालोमोसो दल्ने सबै फरार छन् । कालोमोसो दलेपछि प्रमुखको कार्यकक्षमा जिल्ला जनपरिषद (जनसत्ता) नवलपरासी लेखीएको पर्चा भेटीएको थियो ।पर्चामा मालपोत कार्यालयमा खुलेआम भष्टाचार बढेको, तीस लाखभन्दा बढी थैली घटाएर पुँजिगत लाभकर नलाग्ने गराएर जग्गा दलालबाट लाखौं रुपैयाँ रकम लिने गरेको उल्लेख गरिएको छ ।