थबाङ गाउँपालिका प्रमुख बीरबहादुर घर्ती अपहरणमा

2250
views

नवदृष्टि संवाददाता
रोल्पा, ३०, भदौ । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख बीरबहादुर घर्ती बिहीबार राति अपहरणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घर्ती र उनकी श्रीमती ससुराली गएका थिए । उनलाई रातको साढे ११ बजे थबाङ गाउँपालिका वडा नम्बर २ कोईजबाङबाट अपहरण गरिएको छ ।
झण्डै १५ जनाको समुहले उनलाई अपहरण गरिएको जनाइएको छ । घर्तीको अपहरणमा नेकपाका कार्यकर्ता रहेको प्रहरीको आशंका भएपनि नेकपाले भने कुनै प्रतिक्रिया दिएको छैन् ।
घर्ती अपहरणमा परेको सूचना पाएपछि खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए । उनका अनुसार थबाङ इलाका प्रहरी कार्यालय र छिमेकी प्रहरी चौकीबाट राति नै प्रहरी खोजीमा निस्किएका छन् । शहिदमार्ग टिलाबाट सशस्त्र प्रहरीको टोली पनि थबाङ पुगेको छ । भदौ ३१ गते सम्पन्न हुने थबाङको गाउँसभा प्रभावित गर्न उनलाई अपहरण गरिएको हुन सक्ने स्रोतले आशंका गरेको छ ।