राम्रा र सक्षमले भन्दा पनि हाम्राले टिकट पाए ः  केसी

2185
views

नवदृष्टि सवाददाता
विराटनगर, ३०, भदौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले तेस्रो चरणको स्थानीय तहमा नेपाली काँग्रेसले अपेक्षाकृत सफलता हासिल गर्न नसक्ने बताएका छन् । नेता केसीले टिकट वितरणमा पार्टी सभापति देउवाले एकपक्षीय ढंगले टिकट वितरण गरेको भन्दै यसैको प्रभावले सफलता हासिल गर्न कठिनाई हुने दाबी गरेका हुन् ।
चुनावी माहोल तताउन आज विराटनगर आएका नेता केसीले प्रेस युनियन विराटनगरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने ‘टिकट जसले पाएपनि काँग्रेस नेताले नै पाउने हो तर, टिकट पाउँदैमा जितिहालिन्छ भन्न मिल्दैन ।’
केसीले जनताको मत जित्ने उम्मेदवारले मात्र चुनाव जित्ने भन्दै उम्मेदवार छनौटमा समानता नहुँदा अपेक्षित सफलता आउनेमा शंका उब्जेको बताउँदै दुई नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई टिकट वितरण गर्दा एकपक्षीय रुपमा भएको आरोप लगाए ।
नेता केसीले थपे, ‘चुनावका उम्मेदवारहरु राम्रा र सक्षम भन्दा पनि हाम्रा मान्छेलाई उठाइएको छ, जसले २ नम्बर प्रदेशमा कांग्रेसले अपेक्षित जित हासिल गर्न मुस्किल छ ।